२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

टेक्सास आएको भीषण बाढीबाट ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता

टेक्सास आएको भीषण बाढीबाट ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता

टेक्सास- दक्षिण–मध्य अमेरिकी राज्य टेक्सास शुक्रबार बिहान आएको भीषण बाढीबाट प्रभावित भएको छ । जसमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बेपत्ता छन्।

यस क्षेत्रका २० प्रभावित काउन्टीहरूमध्ये सबैभन्दा बढी प्रभावित केर काउन्टीमा मात्र कम्तीमा ६८ जनाको मृत्यु भएको छ । जसमा २१ बालबालिका परेका छन् ।

स्थानीय बासिन्दा र अधिकारीहरू विनाशकारी बाढीको प्रभावसँग जुधिरहेका छन्, । प्रभावित क्षेत्रमा रूखहरू उखेलिएका, भग्नावशेष र हिलोले भरिएको देखिन्छ ।

सडक चिन्हहरू पूर्ण रूपमा मेटिएका छन् भने बाढीको तीव्र गतिले धेरै सवारी साधनहरू सडकको छेउमा अडिएका छन् । तिनीहरूका झ्यालहरू फुटेका छन् र फ्रेमहरू बङ्गिएका छन्।

घातक बाढीले यस क्षेत्रका धेरै घरहरूलाई क्षति पुर्‍याएको छ र प्रभावित क्षेत्रलाई घेरिएको छ । उद्धार र राहतका कार्यक्रमहरु जारी राखिएको छ ।