२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

टेक्सासमा बाढीमापरी ११९ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने क्रम जारी

टेक्सासमा बाढीमापरी ११९ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने क्रम जारी

न्युयोर्क- अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हाल सम्म कम्तिमा ११९ जनाको ज्यान लिएको छ । स्थानिय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

‘बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझैंपनि कम्तिमा १६१ जना बेपत्ता छन । ग्वाडालुप नदीको किनारमा रहेको एक समर क्याम्पका सल्लाहकार सहित जसमा पाँच जना महिलाहरु पनि हाल सम्म बेपत्ता छन,‘ केर काउन्टीका शेरिफ ल्यारी लेइथाले पुष्टि गरे ।

टेक्सासका गभर्नर ग्रेग एबोटले मंगलबार राति राज्यभरि कम्तिमा १७३ जना बेपत्ता रहेको बताए । पीडितहरूको सम्मानमा उनले जुलाई १४ मा सूर्योदय नभएसम्म राज्यको झण्डा आधा झुकाउन आदेश दिएका छन् ।

राष्ट्रिय मौसम सेवा विभागका अनुसार, विगत एक दशकमा संयुक्त राज्य अमेरिकामा बाढीले प्रति वर्ष औसत ११३ जनाको ज्यान लिने गरेको छ ।