२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नाम के हो नानी ? ‘चन्द्रकुमारी’ को परिचयात्मक गीत सार्वजनिक

नाम के हो नानी ? ‘चन्द्रकुमारी’ को परिचयात्मक गीत सार्वजनिक

न्युयोर्क— चर्चित संगीतकर्मी बसन्त सापकोटाको शब्द र संगीतमा तयार भएको नयाँ गीत ‘नाम के हो नानी ? चन्द्रकुमारी – द इन्ट्रोडक्सन (भाग १)’ सार्वजनिक गरिएको छ।

यो गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक दिनेश भारतीको सुमधुर स्वर रहेको छ। गीतको संगीत संयोजन तथा मिक्सिङ जीवन बडूले गरेका छन् भने रेकर्डिङ बिग परिवेश स्टुडियोमा गरिएको हो।

भिडियोमा बिना राउत र सुमन योगीको अभिनय रहेको छ। छायांकन देव दोर्जेले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन अनिल बिष्ट प्युठानीले गरेका छन्।

गीतको कोरियोग्राफी तथा निर्देशन सुरेश पाण्डेले गरेका छन्। नृत्य प्रस्तुतिमा देवराज र नवराजको समूहले साथ दिएको छ।

मेकअपको जिम्मा प्रिया नगरकोटी पाण्डेले सम्हालेकी छन्। भिडियो “जल राप्ती डिजिटल म्युजिक प्रा.लि.” को सम्पादन कक्षबाट तयार पारिएको हो।

विशेष धन्यवाद सरोज (बिट्टु) र स्वेरित योगीलाई समर्पित गरिएको यो गीत शृंखलाको पहिलो भागको रुपमा सार्वजनिक गरिएको छ।

गीतको भिडियो अहिले युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा हेर्न सकिनेछ।