२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

ट्रम्पको दाबीः ‘कम्युनिस्ट’ मेयर आए भने न्यूयोर्क सिटी म ‘चालाउँछु’

ट्रम्पको दाबीः ‘कम्युनिस्ट’ मेयर आए भने न्यूयोर्क सिटी म ‘चालाउँछु’

न्यूयोर्क  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको एक क्याबिनेट बैठकमा विवादास्पद अभिव्यक्ति दिँदै भनेका छन् कि यदि न्यूयोर्क शहरले “कम्युनिस्ट” मेयर छान्यो भने उनी त्यो सहरलाई नियन्त्रणमा लिनेछन्।

उनको टिप्पणी डेमोक्र्याटिक मेयर पदका उम्मेदवार जोहरान ममदानीतर्फ लक्षित थियो। ममदानी कम्युनिस्ट नभई बर्नी स्यान्डर्स र अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेज जस्ता डेमोक्र्याटिक समाजवादी विचारधारामा आधारित नेता हुन्।

ट्रम्पले ममदानीलाई “सिर्फ गफ हाँक्न जान्ने अयोग्य व्यक्ति” भन्दै गाली समेत गरे। उनले ममदानीबारे अवैध आप्रवासी भएको झूटा दाबीसमेत गरे — जुन दाबी पुष्टि गर्ने कुनै प्रमाण छैन।

संविधानविद्हरूका अनुसार, राष्ट्रपतिले कुनै सहरलाई यसरी नियन्त्रणमा लिन पाउने संवैधानिक अधिकार छैन। ब्रेनन सेन्टरका एलिजाबेथ गोइतिन भन्छिन्, “राष्ट्रपतिले कुनै सहर चलाउन सक्दैनन्। संविधानको १०औं संशोधनले यस्तो अधिकार राज्यहरूलाई दिएको छ।”

यो ट्रम्पले न्यूयोर्कमा ममदानी जस्ता नेताहरूको जितप्रति आक्रोश देखाउँदै दिएको धम्की मानिएको छ।

डिसीको मामिलामा ट्रम्पको दाबी भने केही हदसम्म संविधानअनुसार हुनसक्ने भए पनि १९७३ देखि त्यहाँ जनप्रतिनिधिमार्फत स्थानीय शासन चलिरहेको छ।

राजनीतिक विश्लेषकहरूले ट्रम्पको यस्तो वक्तव्यलाई प्रजातान्त्रिक अधिकारमाथिको सीधा हमलाका रूपमा लिएका छन्। ट्रम्पले सहरवासीहरूलाई चेतावनी दिँदै भनेझैं देखिन्छ: “तपाईंहरूले जुनसुकै मेयर रोज्नुस्, मलाई मन नपरेमा म सहर कब्जा गर्छु।”

तर, कानूनतः यस्तो सम्भव छैन।