२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

तीव्र वर्षाले न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटका सडक जलमग्न, यातायात ठप्प

तीव्र वर्षाले न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटका सडक जलमग्न, यातायात ठप्प

न्यूयोर्क — सोमबार दिउँसोदेखि बेलुकासम्म लगातारको भीषण वर्षाले न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट क्षेत्रमा बाढीको अवस्था सिर्जना गराएको छ। अत्यधिक पानी पर्दा कैयौँ सडकहरू जलमग्न बनेका छन् भने ट्राफिक र सार्वजनिक यातायातमा व्यापक असर परेको छ।

बाढीको चेतावनी जारी

दिउँसो ३ बजेपछि क्षेत्रका विभिन्न काउन्टीहरूमा फ्ल्यास फ्लड वॉर्निङ जारी गरिएको थियो, जसमा न्यूयोर्क सिटी, लङ आइल्याण्ड, र न्युजर्सीका धेरै भागहरू पर्दछन्।

प्रभावित काउन्टीहरू:

-न्यूयोर्क सिटी र नासाउ काउन्टी (लङ आइल्याण्ड): बेलुकी ९:४५ बजेसम्म
-ओरेन्ज, रकल्याण्ड, वेस्टचेस्टर (NY): बेलुकी ८:४५ देखि १२:१५ बजेसम्म
-बर्गेन, हडसन, एसेक्स, मोरिस, युनियन (NJ): बेलुकी १० बजेसम्म
-मिडलसेक्स, मोनमाउथ (NJ): ११:१५ बजेसम्म
-फेयरफिल्ड (CT): ९:१५ बजेसम्म

सडकहरू जलमग्न

कयौँ मुख्य सडकहरू बाढीले ढाकिएपछि बन्द गरिएका छन्:

-Taconic State Parkway, Sprain Brook Parkway,
-Cross Bronx Expressway, Major Deegan Expressway, FDR Drive,
-George Washington Bridge को लोअर लेभल र्याम्प
-Route 22 र 27 (NJ) मा पनि जल जमेको रिपोर्ट

स्प्रिङ भ्याली (Rockland) मा एउटा महिला बाढीमा फसेकी थिइन्, जसलाई उद्धार गरिएको छ। Suffern ट्रेन स्टेशन नजिकैको अन्डरपासमा दुई फिटसम्म पानी जमेको थियो।

न्यूजर्सीका गभर्नर फिल मर्फी ले राज्यभर आपतकालको घोषणा गर्दै अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्।

यातायात प्रणाली प्रभावित

-MTA सबवे: E, M, R, 1, 2, 3, 4, 5, 6 लाइनहरूमा गम्भीर अवरोध
-MetroNorth: हार्लेम र न्यू हेभन लाइनमा ढिलाइ, ८ बजेपछि नर्थ ह्वाइट प्लेन्स–प्लेजन्टभिलबीच सेवा बन्द
-NJ Transit: रिभर लाइन र नर्थ जर्सी कोस्ट लाइन दुईतर्फी बन्द, पछि आंशिक सेवा पुन: सुरू
-एयरपोर्टहरू: Newark, JFK र LaGuardia मा १.५–२.५ घण्टासम्म ढिलाइ

सावधानी अपनाउन आग्रह

एक व्यक्ति हार्लेम मा रूखको हाँगाले लागेर घाइते भएको बाहेक अन्य गम्भीर क्षति नदेखिएको बताइएको छ।

प्रशासनको आग्रह:
बाढीले ढाकिएको सडक नपार गर्ने। त्यो देखिएभन्दा गहिरो हुनसक्छ र खतरा निम्त्याउँछ।