२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

नेवा: गुठी न्यूयोर्कद्वारा अमेरिकाको न्यूयोर्क शहरमा सामूहिक इही तथा कयेता पुजा सम्पन्न

नेवा: गुठी न्यूयोर्कद्वारा अमेरिकाको न्यूयोर्क शहरमा सामूहिक इही तथा कयेता पुजा सम्पन्न

न्युयोर्क- बिगत लामो समय देखि नेवाः संस्कार संस्कृति तथा भाषालाई विदेशी माटोमा संबर्धन र प्रवर्धन गर्दै आईरहेको नेवाः गुठी न्यूयोर्कले यस पटक पनि नेवाः संस्कार इहि तथा कयेता पूजा अमेरिकाको न्यूयोर्क शहरमा सम्पन्न भएको छ । जून ८ तारिख २०२५ मा सम्पन्न कार्यक्रममा
सजना महर्जन तथा अशोक श्रेष्ठ संयोजक रहेका थिए। कार्यक्रममा नाय: र नकीं द्वय प्रेमगोपाल महर्जन, ससिता महर्जन , हृदय तुलाधर र अनिता नकर्मीले बिशेष भूमिका निभाएका थिए।

गुठीका महासचिव सुवर्णकुमार शाक्यले स्वागत मन्तव्य राखि सुरु गरेको उक्त कार्यक्रममा कार्यको सहजकताको लागी स्वयंसेवकको रुपमा सुष्मा मानन्धर,जयन्ती महर्जन,पूर्णदेवी महर्जन,रिना श्रेष्ठ,मेघा नकर्मी लगायत गुठीका सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुद्वारा सक्रियताका साथ र सहयोग गरेका थिए । नेवाः गुठीको उक्त कार्यक्रमका नेवा: पुरोहित तथा कल्चर दूत बासव जुजु राजोपाध्याय ज्यूद्वारा इहि संस्कार र कयेता पूजा संस्कारको महत्व बारे प्रकाश पारेका थिए। न्यूयोर्कमा विगत १२ बर्ष कै सभ्य र भव्य एवं उत्कृष्ट कार्यक्रम सम्पन्न भएको कुरा बताए।उक्त कर्यक्रममा अमेरिकाका बिभिन्न राज्यहरू तथा क्यानाडाबाट २०० जनाको भन्दा बढी उपस्थिति थियो । खाना नास्ताकाे समेत ब्यबस्था थियो ।

बिजयमान सिंह अध्यक्ष रहेको नेवा: गुठी , अमेरिकाको न्यूयोर्क शहरमा नेवा: पहिचान, भाषा, संस्कृती र परम्परा , भेषभुषा र कला को जगेर्ना को लागी अग्रणीरुपमा कार्यरत नेवा: जातीको हकहितको लागी बुलन्द आवाज उठाउनुका साथै आफ्नो भाषा, संस्कृति, भेष भुषा नेवा: पहिचानलाई पुस्तान्तरणको लागी बिभिन्न कार्यक्रम गर्दै आएको एक सकृय संस्थाको रुपमा परिचित संस्था हो ।