२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

‘वोक’ एजेन्डालाई कारण देखाउँदै ट्रम्पले युनेस्को छोड्ने गरे घोषणा

‘वोक’ एजेन्डालाई कारण देखाउँदै ट्रम्पले युनेस्को छोड्ने गरे घोषणा

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघीय संस्था युनेस्को (UNESCO) बाट अमेरिका फेरि बाहिरिने घोषणा गरेका छन्।

ह्वाइट हाउसका प्रवक्ता एना केलीका अनुसार, युनेस्को “वोक र विभाजनकारी सामाजिक-सांस्कृतिक एजेन्डा” अगाडि बढाउँदै आएकोले यो निर्णय लिइएको हो। उनले भनिन्, “अमेरिका फर्स्ट नीतिअनुसार, ट्रम्प प्रशासन कुनै पनि अन्तर्राष्ट्रिय संस्थामा सदस्यता त्यसबेला मात्रै राख्नेछ जब त्यो राष्ट्रिय हितमा हुनेछ।”

राज्य विभागका प्रवक्ता ट्यामि ब्रुसले पनि युनेस्कोले “विश्वव्यापी विकासका नाममा वैचारिक एजेन्डा थोपर्ने” र “इजरायलविरुद्ध पूर्वाग्रही कार्यहरू” गरेको आरोप लगाए।

ट्रम्पले युनेस्कोबाट पहिले पनि सन् २०१७ मा अमेरिका हटाएका थिए। जो बाइडेनले सन् २०२३ मा पुनः सदस्यता पुनर्स्थापना गरेका थिए। अहिले ट्रम्पले त्यही पुरानो कारण देखाउँदै दोस्रोपटक हटाउने निर्णय गरेका हुन्।

यस कदमले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसँग ट्रम्प प्रशासनको सम्बन्धलाई फेरि तनावपूर्ण बनाउने देखिएको छ।