प्लेइनभिलमा घरमा लागेको आगो निभाउने क्रममा स्वयंसेवक अग्निनियन्त्रकको मृत्यु
- १२ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- प्लेइनभिल, कनेक्टिकटमा घरमा लागेको आगो निभाउने क्रममा एक अग्निनियन्त्रकको मृत्यु भएको छ।
६० वर्षीय स्वयंसेवक अग्निनियन्त्रक रेमण्ड “रे” मोरो, जो ३५ वर्षदेखि प्लेइनभिल फायर डिपार्टमेन्टमा सेवा गर्दै आएका थिए, आइतबार बिहान मारिया रोडस्थित आगलागी स्थलमा घाइते भएका थिए।
राज्य प्रहरीले जनाएअनुसार, आगो निभाउने क्रममा आगो नियन्त्रण गर्ने सवारी साधन (फायर ट्रक) को एउटा भाग अचानक छुट्टिएर मोरोको खुट्टामा ठोक्किएको थियो, जसले गम्भीर चोट पुर्यायो। उनलाई तुरुन्तै अस्पताल लगिए पनि शल्यक्रियाका क्रममा उनकाे मृत्यु भयो।
मोरो एक समर्पित स्वयंसेवक, मेरिन कोर्पका पूर्वसैनिक र परिवारप्रेमी व्यक्ति थिए।
यो घटनाको अनुसन्धान कनेक्टिकट राज्य प्रहरीको मेजर क्राइम्स युनिट, विस्फोटक टोली, दुर्घटना अनुसन्धान शाखा, OSHA र राज्यको अटर्नी कार्यालयले संयुक्त रूपमा गर्दै छन्।