स्वास्थ्य, शान्ति र वेलनेस पर्यटन” विषयक विशेष कार्यक्रम न्यूयोर्कमा हुने
- १३ साउन २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- जीवन विज्ञान अमेरिका र रिजउड नेपाली समाजको संयुक्त आयोजनामा आगामी अगस्ट ३, २०२५ (आईतवार) को दिन “स्व-प्रबोधन : स्वास्थ्य, शान्ति र वेलनेस पर्यटन” विषयमा केन्द्रित एक विशेष कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आदरणीय भानु गुरुदेव र आदरणीय रमेश गुरुदेव को दिव्य मार्गदर्शनमा आत्मज्ञान, मानसिक स्वास्थ्य, र समग्र जीवन शैलीको सुधार विषयमा चर्चा गरिनेछ।
जीवनलाई सकारात्मक, सुखमय र समृद्ध बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम दिउँसो ठीक ४:३० बजेदेखि साँझ ७:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम एल्महर्स्ट अस्पतालको अडिटोरियम हल, 79-01 ब्रॉडवे, क्विन्स, न्यूयोर्क मा हुनेछ।
संयोजक संस्थाहरूले यो कार्यक्रमलाई एक प्रेरणादायी अवसरका रूपमा लिँदै सबै नेपाली समुदायका सदस्यहरूलाई सक्रिय सहभागिताको लागि हार्दिक निमन्त्रणा गरेका छन्।
कार्यक्रम आयोजक जीवन विज्ञान अमेरिका र रिजउड नेपाली समाजका अनुसार, यस कार्यक्रमले व्यक्तिगत र सामाजिक जीवनमा शान्ति, सन्तुलन र सकारात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
📞 +1 (718) 404-4501
📞 +1 (347) 307-3130
📞 +1 (917) 703-3195
सम्पूर्ण नेपाली समुदायमा हार्दिक स्वागत
