२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

नारायणकाजी श्रेष्ठको अमेरिका भ्रमण: प्रवासी नेपालीबीच राष्ट्रप्रेमको सन्देश

नारायणकाजी श्रेष्ठको अमेरिका भ्रमण: प्रवासी नेपालीबीच राष्ट्रप्रेमको सन्देश

न्युयोर्क- नेपालका पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले २०२४ जुलाई ४ देखि २३ सम्म संयुक्त राज्य अमेरिकाको १० वटा राज्यको भ्रमण गरे। निजी स्वभावको यस भ्रमणमा श्रेष्ठले विभिन्न शहरका प्रवासी नेपालीहरूसँग आत्मीय संवाद, छलफल र अन्तक्र्रिया समेत गरेका छन।

लसएन्जेल्सदेखि सुरु भएको भ्रमण सानफ्रान्सिस्को, साल्ट लेक सिटी, आयोवा, शिकागो, डल्लास, वोस्टन, मेरील्याण्ड, भर्जिनिया, कनेक्टिकट हुँदै न्युयोर्कमा सम्पन्न भएकाे थियाे। गैरआवासीय नेपाली संघ (NRNA) तथा अन्य संघसंस्थाहरूको आयोजनामा सम्पन्न कार्यक्रमहरूले प्रवासी नेपालीमा राष्ट्रप्रतिको निष्ठा, देशभक्ति र विकासप्रतिको सोच उजागर गर्‍यो।

श्रेष्ठले अमेरिका भ्रमणका क्रममा गैरआवासीय नेपाली नागरिकता, नेपालको वर्तमान अवस्था, समृद्धिको सम्भावना, प्रवासी नेपालीको योगदान लगायत विषयमा धारणा राखेका थिए। उनको वैचारिक मतभेद भएकाहरूमाझ समेत सकारात्मक प्रभाव पारेको देखियो।

उक्त भ्रमण राजनीतिक, कूटनीतिक, बौद्धिक र भावनात्मक दृष्टिकोणले सफल रह्यो। आयोजक संस्थाहरूले श्रेष्ठको भ्रमण व्यवस्थापनमा सहभागी हुन पाएकोमा गर्व महसुस गरेका थिए।