न्युयोर्कमा सांसद ज्ञानेन्द्र शाहीसँग अन्तरक्रियात्मक कार्यक्रम हुने
- १९ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कस्थित सत्यानारायण मन्दिर, एल्महर्स्टमा आउँदो अगष्ट ९ तारिखका दिन नेपाली समुदायका लागि विशेष ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा नेपाली संघीय संसदका सम्माननीय सांसद ज्ञानेन्द्र शाही विशेष अतिथि तथा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन्।
कार्यक्रम अपराह्न ५ बजेबाट सुरु हुनेछ। हिमानी ट्रस्ट, न्युयोर्क ब्यूरो र पनस – न्युयोर्क च्याप्टरको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रममा समुदायका प्रतिनिधिहरू, युवाहरु तथा विभिन्न संघसंस्थाका सदस्यहरूको उपस्थित रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा फोटो सेसन, खुला छलफल तथा हल्का जलपानको व्यवस्था गरिएको छ। आयोजकहरूले कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन्।
