२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्यूजर्सी टर्नपाइकमा पाँच सवारीको भीषण दुर्घटना- १ को मृत्यु, २ घाइते

न्यूजर्सी टर्नपाइकमा पाँच सवारीको भीषण दुर्घटना- १ को मृत्यु, २ घाइते

न्यूजर्सी – बिहीबार बिहान न्यूजर्सी टर्नपाइकको दक्षिणतर्फको लेनमा भएको आगलागीसहितको पाँच सवारी दुर्घटनामा एकजनाको मृत्यु र दुईजना घाइते भएका छन्।

राज्य प्रहरीले जनाएअनुसार, घटना अगस्ट ७ बिहान करिब १०:३० बजे ईस्ट विन्डसर टाउनसिप, मर्सर काउण्टीस्थित माइलपोस्ट ६८.२ नजिक भएको हो।

अनुसन्धानमा पत्ता लागेको अनुसार, दक्षिणतर्फ गइरहेका फ्रेटलायनर ट्र्याक्टर-ट्रेलर, फोर्ड F-150 पिकअप, केनवर्थ सेमी-ट्रेलर, फोर्ड भ्यान र मर्सिडीज-बेन्ज संलग्न दुर्घटना सेमी-ट्रेलरले F-150 लाई पछाडिबाट ठक्कर दिँदा सुरु भएको हो। यसपछि सेमीले मर्सिडीजलाई छेउबाट ठक्कर दियो र F-150 अर्को ट्र्याक्टर-ट्रेलरमा ठोक्कियो।

दुर्घटनामा F-150 को पछाडिको पाङ्ग्रा छुट्टिएर भ्यानमा ठोक्किएको र केहीबेरपछि F-150 मा आगलागी भई चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मर्सिडीज र भ्यानका चालक सामान्य रूपमा घाइते भएका छन्। घटनाकाे हाल अनुसन्धानमा रहेको छ।