२८ फाल्गुन २०८२, बिहिबार
12 March 2026, Thursday

उत्तर प्रदेशको अनौठो घटना: कलेजोमा बच्चा – भारतीय महिलामा दुर्लभ गर्भावस्था!

उत्तर प्रदेशको अनौठो घटना: कलेजोमा बच्चा – भारतीय महिलामा दुर्लभ गर्भावस्था!

भारत- भारतको उत्तर प्रदेशको बुलन्दशहर जिल्लामा ३५ वर्षीया सर्वेश नामकी महिलाको कलेजोमा बच्चा विकसित हुने दुर्लभ घटना सार्वजनिक भएको छ। सर्वेशलाई लगातार पेट दुख्ने, थकाइ लाग्ने र बान्ता हुने समस्या भएपछि डाक्टरहरूले अल्ट्रासाउन्ड र एमआरआई गर्दा उनको कलेजोमा १२ हप्ताको भ्रूण रहेको पत्ता लागेको थियो। यो अवस्थालाई इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी भनिन्छ, जुन अत्यन्तै दुर्लभ हो।

डाक्टरहरूले यस्तो अवस्थामा शल्यक्रिया बाहेक अरू विकल्प नभएको बताए, किनभने भ्रूण बढ्दै गएमा कलेजो फुट्ने जोखिम हुन्छ र आमाको ज्यानमाथि पनि खतरा छ। सर्वेशको उपचार दिल्लीमा गर्न सुझाव दिइए पनि आर्थिक अवस्था कमजोर भएकाले उनीहरू स्थानीय अस्पतालमै उपचार गराए। अन्ततः मेरठको एक निजी अस्पतालमा सफल शल्यक्रिया गरिएको छ।

डाक्टरहरूले यस्तो अवस्था विश्वमा अत्यन्त कम देखिएको बताएका छन्। विशेषज्ञ अनुसार विश्वभर ४५ मात्रै इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सीका घटना रिपोर्ट भएका छन् र भारतमा यो तेस्रो घटना हो। यस विषयमा थप अनुसन्धान र रिपोर्ट तयार गरी मेडिकल जर्नलमा प्रकाशन गरिनेछ।