२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

काठमाडौं – प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन् ।

बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् ।

उनले मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम राजीनामा दिएका हुन् ।