२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

तीजको उल्लास र महिलाको पीडा एकसाथ, “तीजैको लहर” सार्वजनिक

तीजको उल्लास र महिलाको पीडा एकसाथ, “तीजैको लहर” सार्वजनिक

काठमाडौं – तीज पर्वको रौनकसँगै सामाजिक सन्देशसहितको तीज गीत “तीजैको लहर” सार्वजनिक भएको छ। गीतमा महिलाहरूको घरायसी हिंसा, प्रेम, विवाहका आकांक्षा र पर्वको उल्लासलाई भावुक तर ऊर्जाशील शैलीमा प्रस्तुत गरिएको छ। कृष्ण भर्द्वाजको शब्द र संगीतमा तयार गीतमा एलीना चौहान, शान्ता रानी परियार र प्रीति आलेको आवाजले जीवन्तता थपेको छ।

निर्देशन तथा कोरियोग्राफी मदन खड्काले गरेका यस भिडियोमा स्मारिका ढकाल, लोशिना लामिछाने र बिना राउतको अभिनय देख्न सकिन्छ। छायांकन प्रकाश खड्काले, सम्पादन सुजन कोइरालाले र मेकअप सुवास तिमल्सिनाले गरेका छन्। गीतको रेकर्डिङ डाइनामिक रेकर्डिङ स्टुडियोमा गरिएको हो।

गीतको एरेंज, मिक्स र मास्टरिङ विमल छिनालको रहेको छ भने प्रोडक्सन व्यवस्थापन सूर्य ओलीले सम्हालेका छन्। पब्लिसिटी डिजाइन राकेश दाहालले तयार पारेका हुन्। सन्तोष गौतम र चान्जु राईको निर्माणमा तयार “तीजैको लहर” लाई आर्ट सिन स्टुडियोमा सम्पादन गरिएको हो।

यस गीतले तीजलाई केवल रमाइलोको पर्व मात्र नभई, महिलाको अधिकार, पीडा र सशक्तिकरणको स्वरका रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।