२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

म्यानह्याटनको अपर इष्ट साइडमा अपार्टमेन्टमा आगलागी, बाक्लो धुवाँ आकाशभरि

म्यानह्याटनको अपर इष्ट साइडमा अपार्टमेन्टमा आगलागी, बाक्लो धुवाँ आकाशभरि

न्युयोर्क- म्यानह्याटनको अपर इष्ट साइडस्थित साततले अपार्टमेन्टको छतमा लागेको आगलागी नियन्त्रण गर्न शुक्रबार बिहान सयभन्दा बढी दमकलकर्मी र आपतकालीन सेवाकर्मी खटिएका छन्।

दमकल विभागका अनुसार ईस्ट ९५ औं स्ट्रीट (सेकेन्ड र फर्स्ट एभिन्यु बीच) मा बिहान १० बजेर केही मिनेटपछि आगलागीको खबर आएको हो।

सिटीजन एपमा पोस्ट गरिएको भिडियोमा छतबाट निस्किएको रातो ज्वाला र बाक्लो कालो धुवाँ म्यानह्याटनको आकाशमा फैलिएको देखिन्छ।

हालसम्म कुनै घाइतेको खबर आएको छैन। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

सहरको आपतकालीन व्यवस्थापन कार्यालयले वरपरको क्षेत्र टार्न र संवेदनशील व्यक्तिहरूलाई झ्याल बन्द गर्न सुझाव दिएको छ।