न्यूयोर्कमा ७ वर्षीया विद्यार्थी आमा र दाजुसहित ICE द्वारा पक्राउ
- ०१ भदौ २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्क सिटीमा संघीय सरकारले अवैध आप्रवासीमाथि कडाइ गर्दै गर्दा अर्को परिवार प्रभावित भएको छ।
फेडरल प्लाजामा भएको नियमित immigration check-in मा पुगेकी मार्था, उनकी ७ वर्षीया छोरी (PS 89Q, एल्महर्स्टकी छात्रा) र १९ वर्षीय छोरा म्यानुएललाई अप्रत्याशित रूपमा ICE ले हिरासतमा लिएको हो।
अमेरिकामा जन्मिन नपाएकी तर यहाँ पढिरहेकी बालिका समेत पक्राउ परेपछि स्थानीय समुदाय र जनप्रतिनिधिहरूले आक्रोश प्रकट गरेका छन्।
न्यूयोर्क सिटी काउन्सिल सदस्य शेकर कृष्णनले प्रश्न उठाए,“यो देश कुन अवस्थामा पुगेको हो, जहाँ सात वर्षका बालबालिकासम्मलाई परिवारसहित छुट्याएर डिटेन्सनमा हालिन्छ?”
मार्था र उनकी छोरीलाई टेक्सास स्थानान्तरण गरिएको छ भने छोरा म्यानुएल हाल न्युजर्सीको डिटेन्सन सेन्टरमा राखिएको छ।
यो परिवार इक्वेडर मूलको हो र यी बालिका हालैका हप्तामा सार्वजनिक विद्यालयका विद्यार्थीमध्येको चौथो बालिका भएको विश्वास गरिएको छ जसलाई ICE ले पक्राउ गरेको हो।
यसअघि पनि ब्रुकलिन फ्रन्टियर्स हाईस्कूलका विद्यार्थी मामादु डायलोलाईroutine hearing मा पुगेकै कारण ICE ले डिटेन्सनमा लिएको थियो।
न्युयोर्क राज्य असेंबली सदस्य क्याटालिना क्रुजले भनिन्,“राष्ट्रपति अपराधीहरूलाई मात्र निसाना बनाउने प्लेटफर्ममा चुनाव लडेका थिए। तर अहिले सात वर्षका बालबालिकादेखि आमासम्मलाई पक्राउ गरिँदा उनीहरूले भनेको र गरेका कामबीच ठूलो विरोधाभास देखिन्छ।”
हाल स्थानीय तथा राज्य नेताहरूले मार्था र उनका बच्चाहरूलाई उपलब्ध हुन सक्नेimmigration relief विकल्पबारे पहल थालेका छन्।