४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

टप एण्ड टी–२० सिरिज : नेपाल एक रनले पराजित

टप एण्ड टी–२० सिरिज : नेपाल एक रनले पराजित

न्युयोर्क-  अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्स नेपालमाथि एक रनले विजय भएको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको हो ।

शुक्रबार भएको खेलमा टस हारेर बलिङ गरेको नेपालले पाकिस्तानले दिएका १४४ रनलाई पछ्याउँदै १४३ रन मात्र बनाई नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको हो ।

खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिएका थिए । नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए ।

आज भएको खेलमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए ।