२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ – नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

आइतबार भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।