न्युयोर्कमा १ मिलियन डलरको पावरबल टिकट बिक्री, ७५० मिलियनको ज्याकपोट अझै बाँकी
- ०९ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- सप्ताहन्तको पावरबल ड्रमा कसैले पनि ज्याकपोट जित्न सकेनन्। तर न्युयोर्क लटरी अधिकारीका अनुसार क्विन्सस्थित स्प्रिङफिल्ड गार्डेन्सको ‘स्टप एण्ड सप’ स्टोरमा बिक्री भएको टिकटले १ मिलियन डलर जितेको छ।
त्यसैगरी ब्रुकलिन र मिडलपोर्टमा बिक्री भएका दुई टिकटले ५०–५० हजार डलर जितेका छन्। शनिबारका विजेता नम्बरहरू ३४, १४, ११, ४७, ५१ र पावरबल १८ रहे, पावरप्ले २x थियो।
ज्याकपोट भने अहिलेसम्म कसैले नजितेकाले रकम बढ्दै ७५० मिलियन डलरसम्म पुगेको छ। यो रकम ३० वर्षमा किस्ताबन्दी (annuity) रूपमा लिन सकिने वा नगद विकल्पमा करिब ३३८.६ मिलियन डलर पाउन सकिने बताइएको छ।
अर्को ड्र सोमवार, २५ अगस्ट २०२५ मा हुनेछ।