२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

स्याङ्जा समाज अमेरिकाको चौथो महाधिवेशन सम्पन्न, प्रदीप खड्का अध्यक्षमा निर्वाचित

स्याङ्जा समाज अमेरिकाको चौथो महाधिवेशन सम्पन्न, प्रदीप खड्का अध्यक्षमा निर्वाचित

न्यूयोर्क- न्यूयोर्क स्थित नेपाली भान्सा घरमा स्याङ्जा समाज अमेरिकाको चौथो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुरानो कार्यसमितिलाई विदा गर्दै प्रदीप खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समाजका तत्कालीन अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खड्ग गुरुङले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि स्याङ्जा सहयोग समाज अमेरिकाका अन्तर्राष्ट्रिय अध्यक्ष वीरेन्द्रजंग केसीले नयाँ पदाधिकारीलाई खादा अर्पण गर्दै बधाई गरेका थिए । उनले “समृद्ध स्याङ्जाका लागि अमेरिकाको अभियान” नारालाई सफल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा क्षेत्रीय संयोजक लक्ष्मण मल्ल, उपाध्यक्ष अम्बिका केसी लगायतले सफल कार्यकालको शुभकामना समेत मन्तव्य व्यक्त गरेका थिए। महासचिव शोभाकान्त पाण्डेकाे सञ्चालन रहेकाे कार्यक्रममा समाजका पूर्वअध्यक्ष तथा नेपाली भान्सा घरकी सञ्चालक विमला हमाल श्रेष्ठलाई विशेष धन्यवाद दिइएको थियो ।

नयाँ पदाधिकारीमा अध्यक्ष प्रदीप खड्का, वरिष्ठ उपाध्यक्ष अमरविक्रम अधिकारी, उपाध्यक्षमा पं. दीपक खनाल, महिला उपाध्यक्ष पुष्पा अधिकारी, महासचिव शिवभक्त जंगबहादुर केसी, सचिवमा दीपेन्द्र खनाल, महिला सचिवमा दीपा सिञ्जाली मगर, कोषाध्यक्ष सोनाम गुरुङ, सह-कोषाध्यक्षमा हिमाल पुलामी मगर चयन भएका छन् ।

युवा तथा खेलकुद संयोजकमा सन्तोष थापा, महिला युवा खेलकुद संयोजकमा उषा भट्ट खड्का र प्रतिमा मल्ल, सांस्कृतिक संयोजकमा मधुर गिरी र संगीता थापा मगर निर्वाचित भएका छन् । सदस्यमा धर्मराज खड्का, प्राचीन भुजेल, प्रदीप जिसी, प्रेम राना, ठाकुर सुवेदी, ओमप्रकाश न्यौपाने, लीलामणि खनाल र मिलन आले निर्वाचित भएका छन् । बाँकी सदस्य पछि मनोनीत गरिने समाजले जनाएको छ ।

सन्त रिसाल, न्युयोर्क