बक्स अफिस म्युजिक अवार्डमा मोतिराज खनाल सर्वोत्कृष्ट भजन गायक/संगीतकार सम्मानित
- १५ भदौ २०८२
- १ मिनेटको पढाई
काठमाडौं – बक्स अफिस म्युजिक अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ । सो अवसरमा गायक तथा सर्जक मोतिराज खनाललाई “सुपा देवी देउरालीकी माई” बोलको भजनबाट सर्वोत्कृष्ट भजन गायक तथा संगीतकारको उपाधि प्रदान गरिएको छ । उक्त भजनले अर्घाखाँचीको पर्यटन तथा सांस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै विशेष प्रशंसा पाएको छ ।
अवार्ड समारोहमा विभिन्न श्रेणीका संगीत तथा भिडियो अवार्डसमेत वितरण गरिएका थिए । यस वर्षको उत्कृष्ट पप म्युजिक भिडियोमा “मालती” ले बाजी मार्दा, चलचित्र गीततर्फ “बुझिन मैले बुझाइदेउ कसैले” उत्कृष्ट सावित भयो । साथै विभिन्न विधामा सञ्जय न्यौपाने, साम्राज्ञी राज्यलक्ष्मी साह, प्रकाश सपुत, समीक्षा अधिकारीलगायत कलाकार, निर्देशक तथा प्राविधिकहरू सम्मानित भए ।
कार्यक्रमलाई कलाकार, खेलाडी, व्यवसायी, पत्रकार र समाजसेवीको उल्लेखनीय उपस्थितिले अझ भव्य बनाएको आयोजक संस्थाले जनाएको छ ।