२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो

सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४२५ कायम भएको छ ।