२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

‘डिङ-डङ डिच’ खेल्दा ११ वर्षीय बालकको गोली हानी हत्या

‘डिङ-डङ डिच’ खेल्दा ११ वर्षीय बालकको गोली हानी हत्या

न्युयोर्क- अमेरिकाको ह्युस्टनमा ११ वर्षीय जुलियन गज्मानको खेलकै क्रममा गोली हानी हत्या गरिएको छ। उनी साथीहरूसँग घरको ढोका ढकढक्याएर भाग्ने “डिङ-डङ डिच” खेलिरहेका बेला ४२ वर्षीय गन्जालो लियोन जूनियरले गोली चलाएका थिए।

शनिबार राति भएको घटनापछि अस्पताल पुर्‍याइएका बालकको आइतबार मृत्यु भएको हो। आरोपीलाई प्रहरीले पक्राउ गरी हत्या मुद्दा दर्ता गरेको छ।