न्यूयोर्कको वेस्ट इन्डियन परेडमा गोलीकाण्ड, ७ जना घाइते
- १७ भदौ २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्कको ब्रुकलिनमा सम्पन्न वेस्ट इन्डियन डे परेडको अन्तिम घडीमा हिंसात्मक घटना हुँदा कम्तीमा सात जना गोली लागी घाइते भएका छन्।
पूर्वी पार्कवे नजिक विभिन्न स्थानमा चारवटा गोलीकाण्ड र एकजना छुरा प्रहारमा परेका थिए। घाइतेमध्ये एक ५३ वर्षीय पुरुषको अवस्था गम्भीर छ भने अन्यको जीवनरक्षा हुने प्रहरीले जनाएको छ।
परेड दिनभर शान्तिपूर्ण देखिए पनि अन्त्यतिर हिंसा दोहोरिनुले यस कार्यक्रमको पुरानो बदनाम इतिहास पुनः दोहोरिएको छ। अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।