२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै

ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै

काठमाडौं –  जेनजी आन्दोलनका क्रममा घाइते भएको ५४ जना प्रदर्शनकारीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवन क्षेत्रमा भएको जेनजीहरुको आन्दोलनमा घाइते भएका ५४ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको हो ।

५५ जना अस्पताल पु¥याइएको मध्य एकजनाको बाटोमा नै मृत्यु भएको थियो भने ट्रमा सेन्टरमा हाल सम्म ६ जनाको मृत्यु भएको छ ।

घाइतेहरुको नाम र ठेगानासहितको विवरण पनि आएको छ । प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आउन सकेको छैन् ।
घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ ।