२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार काठमाडौंमा भएको प्रदर्शनमा घाइते भएकाहरूको उपचारमा रगत अभाव हुन नदिन निःशुल्क कल सेन्टर २४ सै घण्टा संचालनमा ल्याएको छ।

मन्त्रालयले सूचना जारी गर्दै अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न आग्रह गरेको हो।

‘आज भएको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न हेल्लो स्वास्थ्य निःशुल्क कल सेन्टर “१११५” रातभर सञ्चालनमा गर्ने  भएको छ।’ मन्त्रालयले सूचनामा भनेको छ।

कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।