प्रदर्शनकारीद्वारा संसद् भवनमा आगजनी
- २४ भदौ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- संसद भवनमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
मंगलबार दिउँसो संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरूले भवनमा आगजनी गरेका हुन्।
‘प्रदर्शनकारी छिरेपछि सबैभन्दा पहिले कानुन आयोगको टहरामा आगो लगाए। त्यसपछि भिआइपी क्यान्टिन र संसदको सभामुखहरु बस्ने पछिल्लो साइडमा आगो लगाइएको थियो। सुरक्षाका लागि बस्ने प्रहरीको भवनहरुमा पनि प्रदर्शनकारीले आगो लगाएका हुन्।