२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

पूर्वराजा ज्ञानेन्द्रले भने– देश भित्रबाट समस्याको समाधान निकालियोस्

पूर्वराजा ज्ञानेन्द्रले भने– देश भित्रबाट समस्याको समाधान निकालियोस्

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त दुःखद् एवम निन्दनीय कार्य भएको भनेको छ । सम्वाद सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै यो घट्ना शान्ति प्रिय नेपाली समाजको मान्यताविपरित रहेको भनेको छ ।

घट्नामा ज्यान गुमाएका ति होनहार आत्माप्रति पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवारबाट हार्दिक श्रद्धाञ्जली र उनीहरुको अभिभावकजनमा समवेदना प्रकट ठरेका छन् । शाहले पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस, अराजक नरहोस र यसमा कसैको घुसपैठ नहोस भन्ने धारणा राखेको पनि सम्वाद सचिवालयले उल्लेख गरेको छ ।

हाल उठेका सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस भन्ने पनि पूर्वराजा शाहको चाहना रहेको छ ।