२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

जेन-जी प्रदर्शनः सर्वोच्च अदालतमा पनि आगजनी

जेन-जी प्रदर्शनः सर्वोच्च अदालतमा पनि आगजनी

काठमाडौं-  जेन–जी प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । जेन–जी आन्दोलनमा प्रहरी दमनबाट आक्रोशित भीडले सर्वोच्चमा प्रवेश गरी आगजनी गरेको हो । सर्वोच्च परिसरमा रहेका सवारी साधनमासमेत आगो लगाइएको छ ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा जेन–जी पुस्ता हिजोदेखि आन्दोलनमा उत्रिएका थिए । हिजो प्रहरीले आन्दोलनलाई दमन गर्दा १९ जनाले ज्यान गुमाउनुपरेको थियो भने ४ सयभन्दा धेरै घाइते भएका छन् ।