रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकाले
- २४ भदौ २०८२
- १ मिनेटको पढाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् । अवस्था नियन्त्रणमा लिन नसक्ने भएपछि प्रशासनले उनलाइ रिहा गरिदिएको हो ।
मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट निकाल्ल नख्खु जेल घेरेका थिए । रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन् ।
लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए । उनीमाथि संगठित अपराधको समेत मुद्दा थियो ।