अलपत्र परेका विदेशी नागरिकको उद्धारका लागि सम्पर्क गर्न सेनाको आग्रह
- २५ भदौ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा परेका विदेशी नागरिकको उद्धारका लागि सम्पर्क गर्न आग्रह गरेको हो।
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले सूचना जारी गर्दै विदेशी नागरिकहरूको उद्धार लगायत कुनैपनि सहयोग गर्नुपर्ने भएमा नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न आग्रह गरेको हो।
यस्तै विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्न समेत सेनाले अनुरोध गरेको छ।