२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

डिल्लीबजार कारागारबाट झोला बोकेर बाहिर निक्लिएका कैदीहरू सेनाको नियन्त्रणमा

डिल्लीबजार कारागारबाट झोला बोकेर बाहिर निक्लिएका कैदीहरू सेनाको नियन्त्रणमा

काठमाडौं : डिल्लीबजार कारागारबाट भाग्ने प्रयासमा जेलबाट बाहिर निक्लिएका कैदीबन्दीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार कैदीहरूले ढुंगामुढा र नाराबाजी गर्दै भाग्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो। त्यसपछि सेनाको टोली परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको हो।

‘बन्दीहरू भाग्न खोजेका थिए। नेपाली सेनाले उनीहरूलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ,’ प्रवक्ता बस्नेतले बताए।
कारागारको आन्तरिक सुरक्षा अवस्था नियन्त्रण बाहिर जान थालेपछि सेनालाई हस्तक्षेप गर्न लगाइएको र अहिले कारागारको सुरक्षा पूर्ण रूपमा सेनाले सम्हालेको जनाइएको छ। हाल स्थिति शान्त रहेको सेनाले जनाएको छ।

कैदीहरू कारागारमा ढुंगामुढा गर्दै झोला बोकेर बाहिर निक्लिएका थिए।