२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

टोपबहादुर सहित सुन्धारा कारागारबाट ३३ सय कैदी भागे

टोपबहादुर सहित सुन्धारा कारागारबाट ३३ सय कैदी भागे

काठमाडौं- सुन्धारा केन्द्रीय कारागारबाट भुटानी शरणार्थी मुद्धामा जेल परेका टोपबहादुर रायमाझी सहित  करिब ३३ सय कैदीबन्दी फरार भएका छन्।

कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन्।

प्रहरी स्रोतका अनुसार हिजो मंगलबार नख्खु कारागारका कैदा भगाएको समूहले त्यसपछि सुन्धारा कारागार आएर प्रहरी पहरा नियन्त्रणमा लिएर कैदी भगाएको हो।  खंखार गुण्डा र अपराधीहरु राखिएको यो कारागारबाट भागेका कैदीको विवरण तयार पार्ने काम भइरहेको बताइएको छ।