२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

पोखरामा प्रदर्शनकारीले जलाएका घरमा भेटियो युवतीहरूको शव

पोखरामा प्रदर्शनकारीले जलाएका घरमा भेटियो युवतीहरूको शव

काठमाडौं- पोखराको लेकसाइडमा रहेको अंशुभारा बिल्डिङ र नयाँबजारस्थित अटो शोरुममा युवतीको शव फेला परेको छ।

पोखरामा भएको प्रदर्शनमा मंगलबार जेनजीका प्रदर्शनकारीले दुबै विल्डिङमा आगो लगाएका थिए। अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो। नयाँ बजारस्थित अटो शोरुम भएको घर मन्त्री थापाका भाइ ध्रुव थापाको हो।
प्रदर्शनकारीले आगो लगाउँदा भित्रै रहेका उनीहरू जलेको बताइएको छ। शव भएको ठाउँमा नेपाली सेना पुगेका छन्। दुवै जनाको परिचय भने नखुलेको बताइएको छ।