२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा

शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा

काठमाडौं – राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ ।

शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ । तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन् ।

भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।