वर्तमान संसद्लाई विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति : माओवादी केन्द्र
- २७ भदौ २०८२
- १ मिनेटको पढाई
काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले वर्तमान संसद्लाई विघटन गर्ने निर्णयविरुद्ध आपत्ति जनाएको छ । शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारीको भर्चुअल बैठकले आपत्ति जनाएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका छन् ।
माओवादीले वर्तमान संसद्लाई विघटन गर्ने निर्णयप्रति पार्टीको गम्भीर रूपमा असहमति रहेको जनाएको छ । “बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्थाविपरीत जसरी वर्तमान संसद्लाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रूपमा असहमति रहेको छ,” माओवादीले भनेको छ ।