२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

मोदीद्वारा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई, महिला सशक्तीकरण र युवाको सराहना

मोदीद्वारा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई, महिला सशक्तीकरण र युवाको सराहना

न्युयोर्क- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरबाट नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेका छन्।

उनले कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा महिला सशक्तीकरणको ठूलो उदाहरण भने।

साथै, अस्थिरताबीच पनि नेपालीहरूले लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखेको सराहना गरेका छन्।

नेपाली युवाहरूले सुरु गरेको सडक सरसफाइ र रङरोगन अभियानको प्रशंसा गर्दै उनले यसलाई नेपालको नयाँ उदयको संकेत बताए।