पुटिनलाई ट्रम्पको चेतावनी : युक्रेन संकटमा अब ढिला सहमति सम्भव छैन
- २८ भदौ २०८२
- १ मिनेटको पढाई
वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकट समाधानमा पुटिनप्रति धैर्यता सकिएको चेतावनी दिए।
उनले पुटिन–जेलेन्स्कीबीचको अनिर्णयले समस्या बढेको बताउँदै अब बलियो कदम आवश्यक रहेको उल्लेख गरे। पोल्याण्ड नजिकै रूसी ड्रोन खसालिएपछि तनाव बढेको छ।
यस घटनालाई दोस्रो विश्वयुद्धयताकै खतरनाक अवस्था भन्दै पोल्याण्डले नेटोको धारा ४ लागू गरेको छ।
फ्रान्सले सुरक्षाका लागि राफेल विमान पठाएको छ भने ट्रम्पले युरोपको सुरक्षा पहिलो प्राथमिकता भएको दोहोर्याए।