२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

जेनजी आन्दोलनमा बाँकेका क्रिकेटर सुलभराज श्रेष्ठको मृत्यु

जेनजी आन्दोलनमा बाँकेका क्रिकेटर सुलभराज श्रेष्ठको मृत्यु

काठमाडौं- जेनजी आन्दोलनका क्रममा बाँकेका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको मृत्यु भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानले उनको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको भन्दै दिवंगत आत्माको चीरशान्तिको कामना तथा परिवारप्रति समवेदना प्रकट गरेको छ।

साथै, आन्दोलनमा सहादत प्राप्त सबैप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।