२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदबहाली

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदबहाली

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले पदबहाली गरेकी छन्। नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदबहाली गरेकी हुन्।

पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरिन्। कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो।

प्रधानमन्त्री कार्की शुक्रबार साँझदेखि नै बालुबटारस्थित प्रधानमन्त्री निवासमा बस्न थालेकी छन्।

कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएकी छन्। सोका लागि उनले सरोकारवालासँग शनिबार बिहान र साँझ छलफल चलाएकी थिइन्।