बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो
- २९ भदौ २०८२
- १ मिनेटको पढाई
काठमाडौं – काठमाडौं महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ ।
भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, ‘जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।’