२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

‘जेन जी’ आन्दोलनको असर : सर्वोच्च अदालतका ८५% मिसिल नष्ट, पालबाटै सुनुवाइ सुरु

‘जेन जी’ आन्दोलनको असर : सर्वोच्च अदालतका ८५% मिसिल नष्ट, पालबाटै सुनुवाइ सुरु

काठमाडौं- ‘जेन जी’ आन्दोलनका क्रममा भएको आगजनीले सर्वोच्च अदालतमा रहेका करिब ८५% मिसिल जलेर नष्ट भएका छन्। अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार करिब १५% मात्र कागजात बाँकी छन् भने धेरै इजलास सञ्चालन हुन नसक्ने अवस्थामा छन्।

यद्यपि बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ भने आइतबारदेखि पालमा बसेर सुरु गरिने भएको छ। नष्ट भएका मिसिल पुनःखडा गर्न डिजिटल कपी, सरकारी वकिल तथा कानुन व्यवसायीका विवरण प्रयोग गर्ने योजना बनाइएको छ।

प्रवक्ताले मिसिल जलेको आधारमा मुद्दा समाप्त हुने वा अभियुक्त स्वतन्त्र हुने स्थिति नआउने स्पष्ट पार्दै उपलब्ध विवरणका आधारमा नयाँ निर्देशिका बनाएर सुनुवाइ अघि बढाइने बताएका छन्। अदालतको भौतिक संरचना क्षतिग्रस्त भएकाले हाल थप काम सञ्चालन असम्भव भएको जनाइएको छ।