प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आठ दलको पुनर्स्थापनाको माग, कार्कीबारे मौनता
- २९ भदौ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- आठ राजनीतिक दल — कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्तिले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संसद् पुनर्स्थापनाको माग गरेका छन्। संयुक्त विज्ञप्तिमा संसद्बाटै ‘जेन जी’ आन्दोलनका माग सम्बोधन गर्न सकिने दाबी गरिएको छ।
रास्वपा र राप्रपाले भने संसद् विघटनको स्वागत गरेका छन्। विज्ञप्तिमा संसद् विघटन संविधान र संवैधानिक परम्पराविपरीत भएको, यसले जनमतको अवमूल्यन गर्दै संवैधानिक सर्वोच्चतामाथि प्रहार गरेको आरोप लगाइएको छ।
तर, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम प्रधानमन्त्रीमा नियुक्तिबारे विज्ञप्ति मौन छ। कतिपय नेताले भने उनको नियुक्ति संविधानसम्मत नभएको प्रश्न उठाएका छन्।