सीआईबीको आग्रह : चोरी–लुटिएका सामग्री किनबेच नगर्न सर्वसाधारणलाई चेतावनी
- २९ भदौ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हालैको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, चोरी र लुटपाटबाट हराएका सामग्रीहरूको खरिदबिक्री नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सीआईबीले यस्ता सामान किनबेच वा आफ्नो कब्जामा राखिएको भेटिएमा कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।
ब्यूरोले विशेष गरी चोरी वा लुटिएका ऐतिहासिक कागजात, महत्वपूर्ण दस्तावेज, हातहतियार तथा अन्य बहुमूल्य वस्तुहरू फेला परेमा वा तीबारे जानकारी भएमा नजिकैको सुरक्षा निकायलाई तुरुन्तै खबर गर्न आम नागरिकलाई अनुरोध गरेको छ।