प्रधानमन्त्री कार्कीबाट मन्त्रिपरिषद् विस्तार. कुलमानलाई महत्त्वपूर्ण तीन मन्त्रालय
- २९ भदौ २०८२
- १ मिनेटको पढाई
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै तीन सदस्य थपेकी छन्।
स्रोतका अनुसार ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ।
त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व गर्न लगाइएको छ। साथै उनलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको बताइएको छ।
अर्थ मन्त्रालयको नेतृत्व रामेश्वर खनालले गर्ने भएका छन्। नयाँ मन्त्रीहरूले सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।