२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

काठमाडौंमा ७४ जनाले गरे रक्तदान

काठमाडौंमा ७४ जनाले गरे रक्तदान

काठमाडौं – काठमाडौंमा फास्टफुड एसोसिएसन नेपालले ‘बृहत् रक्तदान’ कार्यक्रम गरेको छ। जेनजीको आन्दोलन हिंसात्मक बनेपछि हाल देशभर रगत अभावको चुनौतीपूर्ण अवस्थामा गरिएको कार्यक्रममा ७४ जनाले रक्तदान गरेको महासचिव राकेश श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा व्यावसायिक सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार, जिल्ला समितिहरू, फास्ट–फ्यानका सदस्यहरू सहभागी भएका थिए। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, ब्लड डोनेसन एसोसिएसन नेपाल, ललितपुर जिल्ला टिम तथा विभिन्न सहयोगी संस्था र व्यक्तिहरूको प्राविधिक तथा प्रत्यक्ष योगदान रहेको थियो।

संघले रक्तदान सफल पार्न सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको छ।

संघका महासचिव श्रेष्ठले छोटो समयमै कार्यक्रमको तयारी भए पनि सहभागीहरूको उपस्थिति उल्लेख्य रहेको बताए। उनले राजधानीमा संघको सक्रियता र विगत दुई दशकदेखि व्यावसायिक हकहितका लागि गरिएको निरन्तर कार्यको प्रतिफल स्वरुप कार्यक्रम गरिएको बताए।