२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठक : नीतिनिर्माणमा युवाको सहभागिता सुनिश्चित गर्न जोड

संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठक : नीतिनिर्माणमा युवाको सहभागिता सुनिश्चित गर्न जोड

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घले उच्चस्तरीय बैठकमार्फत विश्व सरकारलाई युवालाई नीतिनिर्माणको केन्द्रमा राख्न आग्रह गरेका छन। बैठक विश्व युवा कार्ययोजना (डब्लुपे) को ३०औं वार्षिकोत्सवमा महासभाको ८०औं अधिवेशन अन्तर्गत सम्पन्न भएको हो।

महासचिव एन्टोनियो गुटेरेसले युवाहरू जलवायु संरक्षणदेखि प्रविधि नवप्रवर्तनसम्म अग्रणी भए पनि महत्त्वपूर्ण निर्णय प्रक्रियाबाट अझै टाढा राखिएकोमा दुःख व्यक्त गरेका छन।

अध्यक्ष अनालेना बेयरबकले जलवायु संकटजस्ता चुनौतीमा पुस्ताबीच सहकार्य अनिवार्य भएको बताए। १८२ देशका ७५ हजार युवाले अनुभव र आकांक्षा प्रस्तुत गरेको अभ्यासमार्फत युवाको आवाज नीतिमा समेट्नुपर्ने माग गरिएको छ।