२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

 

काठमाडौँ- दसैँको माहोल बढेसँगै राजधानीबाट बाहिरिनेको चाप उच्च बनेको छ। घटस्थापनादेखि आज बिहानसम्म करिब पाँच लाख ५३ हजार २६१ जना यात्रु उपत्यका छाडिसकेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार यात्रुको भीडसँगै प्रमुख नाकाहरूमा थप ट्राफिक प्रहरी खटाइएका छन्।

उनी भन्छन्, “यात्रुलाई सहज र सुरक्षित बनाउन हेल्प डेस्क, सवारी अनुगमन टोली र आकस्मिक उद्धार टोली सक्रिय छन्। ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएका छन्।”

यता, राजधानी फर्किनेहरूको संख्यामा पनि वृद्धि भइरहेको छ। कार्यालयका तथ्यांकअनुसार दसैँ सुरु भएयता ७२ हजार ४१ सवारी साधनमार्फत दुई लाख ८५ हजार ३०८ जना उपत्यका भित्रिएका छन्।
=