२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

तुइन खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

तुइन खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा आज साँझ फेरि पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार साँझ करिब ७ः३० बजे माथिबाट लेदोमाटोसहित पहिरो खसेपछि सडक दुबै तर्फ अवरुद्ध भएको हो । पहिरो हटाउन मेसिनसहित प्राविधिक टोली खटाइएको उनले बताए ।

सडक अबरुद्ध भएपछि दसैँ मनाउन घर फर्किँदै गरेका यात्रु बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन केही समय लाग्ने भएकाले लेन अनुशासन पालना गर्दै धर्य गर्न सबैलाई आग्रह गरेको छ ।

यो खण्डमा पटक–पटक पहिरो खस्दा यात्रुहरूले निरन्तर सास्ती भोग्दै आएका छन् ।